नेपालगन्ज : बाँकेमा भारतबाट लुकाई छिपाई अबैध रुपमा कुखुराको तस्करी गर्ने केहि व्यक्तिलाई प्रहरीले नियत्रणमा लिएको छ । बाँके जिल्ला भारतको खुला सिमा क्षेत्रमा कुखुरा तस्करी मौलाएपछि तस्करीमा संलग्न ६ जनालाई प्रहरीले प्रकाउ गरि थुनामा राखेको छ ।
६ जना मध्य २ जनालाई प्रहरीले छाडिसकेको एक कृखुरा व्यवसायिकले बताए । कुखुरा व्यवसायि मञ्च बाँकेले पछिल्ला दिनमा सक्रिय हुदैं अनुगमनको काम गरिरहेकाले पनि तस्कर समाउन सहज बनेको हो ।
भारतबाट कुखुरा तस्कर गरि ल्याउने नेपालगन्ज गणेशमान चोकका सद्धाम राई, नेपालगन्ज उप महानगरपालिका ७ का सुरेन्द्र चौधरी केहिदिन अघि प्रकाउ परि छुटिसकेको र अहिले पुन : प्रहरीले नेपालगन्ज गणेशमान चोककै नसुरदिन राई, जानकी गाउँपालिका वडा नम्बर १ साइगाउँका मकबुल राई, जानकी गापा १ कै शम्सुदिन राई र खजुरा गाउँपालिका वडा नम्बर २ का टोप बहादुर रानालाई प्रकाउ गरि थुनामा राखेको जानकारी कुखुरा व्यवसायी मञ्च बाँकेका अध्यक्ष धर्मराज पोखरेलले जानकारी दिए ।
आइतबार मञ्चको बसेको बैठकले कुखुरा तस्करीमा संलग्नहरुलाई हदै सम्मको कारबाहिको माग समेत गरेको छ । मञ्चले सिमा क्षेत्रमा थप अनुगमन गरि तस्करी रोक्न अभियान संचालन गर्ने जनाएको छ ।