नेपालगन्ज : कृषि ज्ञान केन्द्र बाँकेले अनुगमनलाई तिव्रता दिएको छ । आइतबार कोहलपुर क्षेत्रमा केन्द्रले अनुगमन गरेको हो । जिल्लाका विभिन्न स्तानहरुमा अनुगमन गरिरहेको केन्द्रले कोहलपुर क्षेत्रमा रहेका केहि एग्रोभेट, विउ विजन पसल, सहकारी लगाएतमा अनुगमन गरेको कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख सकिल अहमदले जानकारी दिए । अनुगमनका क्रममा फेला परेका त्रुटिहरुलाई तत्काल सच्चाउन निर्देशन दिइएको निमित्त प्रमुख अहमदले जनाए ।
कोहलपुरको साझा चोकमा ५ वटा एग्रो पसलहरुमा अनुगमन गरिएको थियो, भने चप्परगौडीमा १ वटामा र कृषि बजारमा रहेका विउ विजन पसलहरुमा निरिक्षण गरिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत अनिस श्रेष्ठले जानकारी दिए । अनुगमनमा म्याद नाघेका वीउ विजन फेला परेको थियो ।
हाइव्रिड र उन्नत जातका तरकारीका विउहरुमा म्याद नाघेको पाइएको कृषि प्रसार अधिकृत श्रेष्ठले जनाए । म्याद गुर्जेका विउहरुलाई नष्ट गर्न लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कतिपयले अनुमति विनै व्यवसाय सन्चालन गरेको पाइएकोले त्यस्तालाई तत्काल दर्ता प्रक्रियामा आउन निर्देशन दिइएको ज्ञान केन्द्रले जनाएको छ ।