नेपालगन्ज : बाँकेको खजुरा कृषि उत्पादनको मुख्य क्षेत्र हो । खजुराका किसानले उत्पादन गरेका कृषि बस्तु खजुरामा मात्र सिमिति नभई नेपालगन्ज, कोहलपुर र अन्य क्षेत्रमा निर्यात हुन्छ । खजुराले आर्थीक वर्ष २०८०÷०८१ का लागि कृषि तथा पशुसेवा तर्फ आर्कषक बजेट विनियोजन गरेको जनाएको छ । कृषि बाटै समग्र क्षेत्रको विकास सम्भव रहेको बताउँदै खजुरा गाउँपालिकाले कृषिमा प्रभाव पार्ने कार्यक्रमहरु आगामि आर्थीक वर्षमा सन्चालन गरिने जनायो ।
आइतबार खजुरामा आयोजित गाउँसभामा खजुरा गाउँपालिका उप प्रमुख मन्जु मल्लले कृषिका लागि १ करोड १२ लाख बजेट विनियोजन गरेको जानकारी दिइन । त्यस्तै पशुसेवाको लागि ५६ लाख बजेट विनियोजन गरिएको गाउँसभामा प्रस्तुत गरेकी थिइन । कृषि र पशु सेवा गरेर खजुराले १ करोड ६८ लाख बजेट छुट्याएको छ । यसमा कृषि क्षेत्रमा यान्त्रिकरण र व्यावसायिकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै बजारिकरण मार्फत कृषि क्षेत्रको प्रवद्र्धन गर्न कृषि तर्फका कार्यक्रम तर्जुमा गरिएको भनिएको छ ।
उप प्रमुख मल्लले सिँचाई क्षेत्रलाई महत्वपुर्ण क्षेत्रका रुपमा लिई कृषि क्षेत्रको विकास गर्न कृषि तथा सिंचाई तर्फ भनेर १ करोड १२ लाख रकम बिनियोजन गरेको उल्लेख गर्नि । पशुपंछि विकास क्षेत्रको विकास गर्न कृषकहरुलाई प्रोत्साहन गर्न, नष्ल सुधार र पशु सुत्केरि भत्ता जस्ता विभिन्न कार्यक्रमहरु तर्जुमा गरिएको उप प्रमुख मल्लले जनाइन । पशुपंछि विकास तर्फ ५६ लाख रकम विनियोजन गरिएको उनले उल्लेख गरिन् । गाउँसभा खजुरा गाउँपालिकाका प्रमुख डम्बर बहादुर विकको सभाध्यक्षमा भएको थियो ।