नेपालगन्ज : बाँके जिल्लामा क्रियासिल कुखुरा व्यवसायि मञ्चले जिल्ला प्रहरी कार्यालय पुगेर शुरक्षा निकायलाई धन्यबाद दिएको छ । पछिल्ला दिनमा अबैध कुखुरा रोकथाममा शुरक्षा निकाएको सक्रियताले ठुलो मद्धत पुगेको भन्दै धन्यबाद ज्ञापन गर्न जिल्ला कार्य समिति जिल्ला प्रहरी कार्यालयमै पुगेको थियो । खुला सिमाका कारण अन्य बस्तु जस्तै कुखुरा र कुखुराजन्य बस्तुहरु अबैध रुपमा ओसार पसार हुदाँ बाँकेका किसानहरु चिन्तित थिए ।
नेपालका किसानले उत्पादन गरेका बेला भारतबाट लुकाईछिपाई भित्राउँदा उपभोत्ता र व्यापारीलाई केहि नेपाली कुखुरा महंगो पर्ने हुदाँ विक्रि नहुने समस्या बढ्ने गरेको छ । भारतबाट तस्करी गरेर खुलेयाम विक्रि वितरण मौलाएपछि जिल्लामा क्रियासिल रहेको कुखुरा व्यवसायी मञ्च र शुरक्षा निकायको सक्रियतामा केहि मुख्य तस्करलाई प्रकाउ गरेर थुनामा राखेपछि अहिले कुखुरा तस्करी केहि मात्रमा घटेको मञ्चका सचिव प्रदिप कंडेलले जानकारी दिए । जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठोरसंग भेट गर्दै मञ्चले पुर्वि नाकातिर बाट अझैपनि कुखुरा भित्रिरहेको जानकारी गराएको थियो ।
पुर्वि नाका नरैनापुर हुदै अगैया देखि पुन : नेपालगन्जमा नेपाली कुखुराको नाम दिएर तस्करीहरुले मासु पसलसम्म पुगाउने गरेकोले यसलाई पनि तत्काल रोक्न आग्रह गरे । हाल थुनामा रहेकालाई कडा कारबाहि गरेर मात्र छोड्न आग्रह गर्दै मञ्चले नियन्त्रणको कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ । सुला सिमा नाका भएकाले शुरक्षा निकायको आँखा छलेर तस्करी गर्नेहरुको शुस्म रुपमा अनुसन्धान समेत गरिएको बाँके प्रहरी प्रमुख एसपी रोठोरले बताए । ‘नाकाहरुमा अहिले पुरा कडाई गरिएको छ, एसपी राठोरले भने ।’ ‘कुखुरा व्यवसायिलार्य ढुक्क रहन भन्दै प्रहरी प्रमुख राठोरले भने, कम बोलेर नतिजा दिने मेरो प्रतिबद्धता भयो ।’ शुरक्षा निकाय कुखुरा व्यवसायीको पक्षमा रहेकोले निधक्क व्यवसाय सन्चालन गर्न राठोरले आग्रह गरे । भेटघाटमा जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डांगी, कुखुरा व्यवसायि संघका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो ।