सिमकोट : सोमबार बिहान परेको अविरल वर्षासँगै आएको बाढीले हुम्लामा चिनो बाली नष्ट गरेको छ। जिल्लाको नाम्खा गाउँपालिका- ३ को खगालगाउँमा चिनो खेती लगाएको जग्गामा क्षेती पुर्याएको हो।
स्थानीय यज्ञबहादुर शाहीले आज बिहान भिषण वर्षा भएको र यसबाट चिनो लगाएको जग्गामा क्षेती पुर्याएको बताए। उनले अन्दाजी आठ हल चिनो खेती लगाएको जग्गामा कामै नलाग्ने गरि क्षेती पुर्याएको बताए। खेती लगाएको जग्गामा चिरा-चिरा पारेर क्षेती पुगेको छ।
यता, प्रहरी प्रहरी नायव उपरिक्षक भीमलाल भट्टराईले बाढी खेती लगाएको जग्गामा क्षेती पुर्याएको खवर आए लगत्तै प्रहरी घटनास्थलतर्फ लागेको र प्रहरी पुगेर मुचुल्का तयार पारेपछि क्षेती एकिन विवरण आउने बताए। सो क्षेत्रमा बिहान ठूलो वर्षा भएको थियो। खगालगाउँ रैथाने बाली राम्रो उत्पादन हुने क्षेत्रमा पर्छ।