पछिल्लो ३ महिनामा ब्रोइलर कुखुराको तयारी मासुको मूल्य किलोमा ६० रुपैयाँसम्मले बढेको छ । बजारमा अहिले कुखुराको तयारी मासुको मूल्य ४३० रुपैयाँदेखि ४६० रुपैयाँसम्म पुगेको छ । जबकि ४ वैशाखमा प्रतिकिलो कोल्ड स्टोर मूल्य २८० रुपैयाँ हुँदा तयारी मासुको मूल्य ३८० देखि ४०० रुपैयाँ प्रतिकिलो हाराहारी थियो ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले गत साता मात्रै ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले बढाउने निर्णय गरेको थियो । जस अनुसार बजारमा ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकिलो ३१० रुपैयाँ पुगेको थियो ।