कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुषाल भारत भ्रमणमा निस्कनुभएको छ । चार सदस्यीय टोलीको नेतृत्व गर्दै उहाँ आज साँझ नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।
भिस्तारा एयरको उडान नम्बर यूके १५६ मा मन्त्री भुसाल साँझ सवा ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्नुभएको बताइएको छ । भ्रमण टोलीमा मन्त्रालयका सचिव दिपककुमार खरालसहित चार जना छन् ।