धनगढी – बाजुराको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख मृत अवस्थामा फेला परेका छन्। ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटरअगाडि कुर्सीमा बसेको अवस्थामा मृत फेला परेको नगरपालिकाले जनाएको छ। उनी क्वाटरअगाडि कुर्सीमा बसिरहेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी चौकी कोल्टीले जनाएको छ।
बुढीनन्दा नगरपालिका–७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिकतर्फका स्थायी कर्मचारी हुन्। उनी लामो समयदेखि रक्तचापको समस्याबाट पीडित रहेको र समय–समयमा अस्वस्थ भइराख्ने गरेको आफन्तले बताएका छन्।