नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारको कृषि तथा भुमि व्यवस्था मन्त्रालयले मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति समिक्षा गोष्ठि बाँकेको खजुरामा सन्चालन गरेको छ । मन्त्रालयका सचिव यामनारायण देवकोटाको अध्यक्षतामा सुरु भएको दुई दिने गोष्ठीको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका मन्त्रि भण्डारीलाल अहिरले उदघाटन गरे ।
गोष्ठिको उद्घाटन गर्दै मन्त्रि अहिरले कृषि विकास नै प्रदेशको मुख्य सम्पति भएकोले यसको संरक्षण र प्रर्वद्धनमा जोड दिन आवश्यक रहेको बताए । मन्त्रालयले पछिल्ला दिनमा किसानलाई प्रतक्ष फाइदा हुने कार्यक्रमहरु ल्याएको र त्यसको फाइदा किसानले लिनपर्नेमा जोड दिए । गोष्ठिमा कृषि विकास निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, महाशाखा लगाएतका कार्यालयहरुका प्रगतीहरु समिक्षा गोष्ठिमा प्रस्तुत गरिएको थियो । गोष्ठिमा बोल्नेहरुले कर्मचारी अभावले कार्यालयले लिएको लक्ष्य प्राप्तीमा समस्या आएको उल्लेख गरेका थिए ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका कृषि तथा पशुपन्छि क्षेत्रमा कार्य गर्ने निकायहरुको सहभागिता रहेको थियो । बुधबार सुरु भएको गोष्ठि विहिबार सम्म चल्ने छ । आगामि कार्य योजना तय गरि नयाँ कार्यक्रमको रुपरेखाको बारेमा पनि प्रष्ट धारणा सार्वजनिक गर्ने गरी गोष्ठि संचालन गरेकाले सोहि अनुरुप छलफलका कार्यक्रम गरिएको मन्त्रालयले जनाएको छ । किसानलाई प्रभावकारी रुपमा व्यवसायिक बनाउन अनुदानका कार्यक्रमहरु संचालन लगाएतको कार्यको लागि आगामि योजना फोकस हुने मन्त्रालयका सचिव देवकोटाले बताए । कृषि विकासमा आइरहेका समस्या समाधानका लागि मन्त्रालयले गम्भिर रुपमा कार्य गर्न जरुरी रहेको एक सहभागिले बताए । कृषिमा आधुनिकिकरण गर्न भैरहेको समस्या समाधान गर्न मन्त्रालय स्तरबाटै पहल जरुरी रहेको कार्यालय प्रमुखहरुले उल्लेख गरे ।
किसानलाई व्यवसायिक सगैं आधुनिक बनाउन आवश्यक रहेको भन्दै यस तर्फ विशेष ध्यान दिन मन्त्रालयलाई सहभागिहरुले सुझाव दिएका थिए । सहभागिले नेपालका खेत बाझै राखेर खाध्यान्न भारतबाट ल्याउनु पर्ने बाध्यताको अन्य गर्न जरुरी रहेको बताएका थिए ।